Logo
२६ पुस २०८१, शुक्रबार

सिंहदरबारको फोहोर तीन दिनभित्र संकलन गर्न सर्वोच्चको आदेश

अक्षरपाटी
२०८० वैशाख ८ , शुक्रबार ०६:०४ मा प्रकाशित

काठमाडौं। काठमाडौं महानगरपालिकाले नउठाएको फोहोर सिंहदरबारबाट उठाउन सर्वोच्च अदालतले अन्तरिक आदेश दिएको छ।

काठमाडौं महानगरपालिकाले संघीय सरकारले समन्वय नगरेको भन्दै सिंहदरबार क्षेत्रको फोहोर नउठाउने निर्णय गरेको थियो।

सर्वोच्च अदालतले आज अन्तरिम आदेश जारी गर्दै ३ दिनभित्र उक्त फोहोर उठाउन आदेश जारी गरेको हो।

अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले महानगरको नाममा आदेश जारी गर्दै फोहोर उठाउन ३ दिनको आदेश जारी गरेको हो।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले गरेको आदेशमा निवेदनकले उल्लेख गरेको स्थानको फोहोर ३ दिनभित्र संकलन गरी उठाई विसर्जनसमेत अविलम्ब गर्नू, गराउनू भनी महानगरको नाममा आदेश जारी गरेको छ ।

साथै सर्वोच्च अदालतले सिंहदरबारको फोहोर संकलन गरी विसर्जन गर्नुपर्ने दायित्व काठमाडौं महानगरको हो भन्नेबारे ध्यानाकर्षण समेत गराएको छ।