Logo
२५ पुस २०८१, बिहीबार

चितवनमा रविलाई ५० हजारभन्दा बढी मत

अक्षरपाटी
२०८० वैशाख १२ , मंगलबार ११:०४ मा प्रकाशित

चितवन। प्रतिनिधिसभा उपनिर्वाचनमा चितवन २ मा रास्वपाका सभापति तथा उम्मेदवार रवि लामिछानेलाई ५० हजारभन्दा बढी मत प्राप्त भएको छ

यो मंसिर ४ को निर्वाचनभन्दा बढी मत हो। पछिल्लो मतपरिणाम अनुसार लामिछानेले ५० हजार २९ मत पाएका छन्।

कांग्रेस भने रास्वपाभन्दा पाँच भाग पछाडि छ। कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले जम्मा ९ हजार १ सय ६५ मत पाएका छन्।

त्यस्तै नेकापा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले झनै पछाडि परेका छन्। उनले ८ हजार ८ सय ७७ मत पाएका छन्।

चितवन २ मा कुल ७८ हजार २ सय ७७ मत खसेको थियो। जसमध्ये ७० हजार २ सय ३९ गनिसकिएको छ।

अब जम्मा ८ हजार ३८ मत गन्न बाँकी छ। रवि लामिछाने ४० हजार ८ सय ६४ मतले अगाडि छन्।