Logo
२८ वैशाख २०८२, आईतबार

नेपालमा बनेको सवारी अब दर्ता हुने

अक्षरपाटी
२०८० वैशाख १४ , बिहीबार ०५:०४ मा प्रकाशित

काठमाडौं। यसभन्दा पहिला कानुनमा नेपालमा सवारी बन्छ भन्ने कल्पना थिएन।

जसका कारण नेपालमा बनेका सवारी साधन दर्ता हुन सकेका थिएनन्। अब भने नेपालमा बनेका सवारी साधन दर्ता दर्ता हुने भएका छन्।

यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवस्था कार्यविधि २०६० संसोधन तथा थप गर्दै स्वदेशी उत्पादन तथा एसेम्बलिङ सवारीलाई पनि दर्ता गर्ने व्यवस्था गरेको हो।

नेपालमा सम्पूर्ण रुपमा मोटरसाइकल, गाडी र स्कुटरको पार्टस नबने पनि विदेशबाट ल्याएको पार्टपूर्जाबाट एसेम्बल गरेर मोटरसाइकल, गाडी र स्कुटर दर्ता हुने भएका हुन्।

अब नेपालमा बनेका मोटरसाइकल दर्ता गर्न भन्सार तिरेको कागज नचाहिने भएको छ।