Logo
२३ पुस २०८१, मंगलबार

कांग्रेसका युवा नेता पार्टी रुपान्तर अभियनामा

अक्षरपाटी
२०८० जेठ २ , मंगलबार ०७:०५ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसका युवा नेताहरुले कांग्रेस रुपान्तरण अभियान घोषणा गरेका छन्।

कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, नेताहरु गुरु घिमिरे, रञ्जित कर्ण र भुपेन्द्रजंग शाहीलगायत रुपान्तरण अभियानमा लागेका हुन्।

राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले रुपान्तरण अभियानको घोषणा गरेका हुन्। पार्टीका केन्द्रीय सदस्य मधु आचार्यले काँग्रेस पार्टी जमेको पोखरी जस्तै भएको बताए।

उनले काँग्रेसको चाल, चरित्र र चेहरा परिवर्तन नगरी रुपान्तरणको सम्भावना नभएको बताए।

आफूहरुले पार्टीलाई समय सापेक्ष रुपान्तरण गर्ने जिकिर उनले गरे। हाल कांग्रेसभित्र गैह्रकांग्रेसी चरित्रले बास गरेको दाबी उनले गरे।

कांग्रेसभित्र नैतिक शक्तिको क्षय भएको भन्दै उनले आफूहरुले राजनीतिमा नैतिक शक्तिलाई जोड्ने बताए।

पार्टीधित्रका कमी, कमजोरीहरुबाट फाइदा उठाएर देशको राजनीतिमा उग्रबामपन्थी र दक्षिणपन्थी शक्तिहरुको उदय भएको उनले बताए।

रुपान्तरण अभियानलाई अगाडी बढाउनुपर्ने टड्कारो आवश्यकता भएकाले अभियानको थालनी गरेको उनको भनाइ थियो।

अभियानका क्रममा जेठ ११ गते जनकपुर, जेठ १६ गते काठमाडौं, जेठ २० गते पोखरा, जेठ २२ गते दाङ, जेठ २४ गते सुर्खेत, जेठ २६ गते धनगढी, जेठ २९ गते इटहरी र जेठ ३१ गते पुनः काठमाडौंमा बृहत भेला तथा अन्तरक्रिया गरिनेछ।