Logo
१३ वैशाख २०८१, बिहीबार

गठबन्धनमा सिट बाँडफाँटको गलफत्ती, काठमाडौंमा ६ सिट कांग्रेसको पक्का

अक्षरपाटी
२०७९ भदौ २३ , बिहीबार ०८:०९ मा प्रकाशित

काठमाडौं। सत्ता गठबन्धनलाई सिट बाँडफाँट निकै सकस बनेको छ।

आसन्न निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठबन्धनले बनाएको कार्यदलले आज आफ्नो अधुरो प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने तयारी गरेको बुझिएको छ।

अहिले बिहान बस्ने कार्यदलको बैठकले तयार पारेको प्रतिवेदनमा छलफल गरेर शीर्ष नेताको जिम्मा लगाउने बुझिएको छ।

मोटामोटी सहमति भइसकेकोले बाँकी मिल्न केही सिटको जिम्मा शीर्षलाई दिन लागिएको कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जनाएका छन्।

अहिलेसम्मको सहमति अनुसार काठमाडौंको १० वटा क्षेत्रमध्ये कांग्रेसले १,३, ४, ६, ९ र १० पाउने पक्का भएको छ।

एकीकृत समाजवादीले क्षेत्र नम्बर ८ लिने छ भने ७ नम्बर क्षेत्र जसपाको हुनेछ । क्षेत्र नम्बर २ मा कांग्रेस र एकीकृत समाजवादी दुबैको दाबी छ ।

प्रतिनिधि सभाका १६५ सिट मध्ये नेपाली कांग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको छ।

सिट बाँडफाँट मिलाउन साउन २० गते सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेर सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो।

गठबन्धन सिट बाँडफाँट