Logo
८ वैशाख २०८१, शनिबार

सिने जगतमा स्थापित हुने सुजाताको रहर

अक्षरपाटी
२०७९ भदौ २९ , बुधबार ०६:०९ मा प्रकाशित

काठमाडौं । भेटनरी डाक्टर अध्ययन गर्दागर्दै सुजाता पाण्डे मोडलिङ र गायनमा लागिन्।

युवा पुस्ताको रोजाइमा पर्ने सिने संसार अर्थात मोडलिङ र गीत संगीत सुजाताको पनि रोजाइमा पर्यो। लक्षमा पुग्न सुजाता यतिबेला मेहनत गरिरहेको बताउँछिन्।

बुटवल जन्मथलो भएर बिगत केही वर्षदेखि काठमाडौंलाई कर्मथलो बनाउँदै आएकी सुजाताले एक दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी छन्। केही गीतमा स्वर दिसकेकी छन्।

मेहनतका साथ अभिनयमा निखारता ल्याएर सिने नगरीमा स्थापित हुने उनको चाहना छ।

जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नु नै जीवन हो भन्ने सुजाता एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर लक्ष्यमा पुग्ने दृढता व्यक्त गर्छिन।
तस्विरहरु :

सुजाता