Logo
१५ असोज २०७९, शनिबार

तीन दिन पश्चिमी क्षेत्रका नदीमा बाढीको सम्भावना, १३ जिल्ला उच्च जोखिममा

अक्षरपाटी
२०७९ भदौ ३० , बिहीबार १०:०९ मा प्रकाशित

धनगढी । अबको तीन दिन पश्चिमी क्षेत्रका नदीमा बाढी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ ।

नदी तटीय क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका डुबान भइरहने होचा ठाउँमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।

महाशाखाका अनुसार अछाम, डोटी, कैलाली, कञ्चनपुर, डडेलधुरा , बैतडी, गुल्मी, प्युठान, बाग्लुङ, दाङ, बाँके, बर्दिया र सुर्खेतमा उच्च जोखिम छ ।