Logo
३१ भदौ २०८२, मंगलबार

७५३ वटै तहमा कृषि कम्पनी, ३० लाखले रोजगारी पाउने

अक्षरपाटी
२०७९ असोज १ , शनिबार ०६:०९ मा प्रकाशित

काठमाडौं। ‘हाम्रो अभियान–हामी बनाउँछौं हाम्रो देश’ अभियानले देशका ७५३ वटै स्थानीय तहमा कृषि कम्पनी स्थापना गर्ने घोषणा गरेको छ। शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै अभियानले यस्तो घोषणा गरेको हो।

अभियानका अध्यक्ष हरि अधिकारीले देशमा विद्यमान समस्या समाधान गर्न दलहरु उदासिन बनेको गुनासो पोखे। उनले देशमा कृषि क्रान्तिको नारा घन्किएको २०औं वर्ष भएको भन्दै अहिलेसम्म क्रान्ति किन भएन ? भनेर प्रश्न गरे।

उनले देश बनाउनका लागि सबै युवा पार्टीभन्दा माथि उठ्नुपर्नेमा जोड दिए। अभियानले कृषि कम्पनी खोलेसँगै निर्वाहमुखी कृषिलाई आधुनिकीकरण र व्यवसायमा रुपान्तरण गर्ने जनाएको छ।

कृषि कम्पनी खोलिएसँगै मुलुकमा २५ देखि ३० लाखलाई रोजगारी दिन सकिने पनि अभियानको दाबी छ। अध्यक्ष अधिकारीले भने–‘कृषिमा देशलाई आत्मनिर्भर बनाउनेछौं। कृषि पेशा र किसानमा आत्मनिर्भरता आवश्यक छ। अब खेतीयोग्य जमिन बाँझो रहने छैन्। हामी उत्पादनको बजारीकरण गर्नेछौं । देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउनेछौं। हरित क्रान्तिले देशमा पर्यटक भित्र्याउनेछौँ।’

उनले अहिले देशका युव एक छाक खानाका लागि सस्तो पारीश्रमिकमा विदेशिनुपरेको दुःख सुनाए। अहिले प्रत्येक नेपाली नागरिकको टाउकोमा ऋणको भारी थोपरिएको भन्दै यसबाट मुक्त गर्नको लागि कृषि क्रान्ति गर्नुपर्नेमा जोड दिए।

हाम्रो अभियान