Logo
१५ चैत्र २०८०, बिहीबार

देशभर आंशिकदेखि सामान्य बदली

अक्षरपाटी
२०७९ असोज ४ , मंगलबार ०९:०९ मा प्रकाशित

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सददर स्थानका आसपासमा अवस्थित छ। उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सुदूरपश्चिम, लुम्बिनी प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ।

राजधानी काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि आंशिक बदली रहेको छ। आज काठमाडौंको अधिकतम तापक्रम ३० र न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस छ।

माैसम