Logo
४ वैशाख २०८१, मंगलबार

दिनैजसो गठबन्धनको बैठक, निस्कर्ष भने चाँडै बाँडफाँट टुंग्याउने

अक्षरपाटी
२०७९ भदौ १९ , आईतबार ०५:०९ मा प्रकाशित

काठमाडौं। पाँच दलीय सत्ता गठबन्धन आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि सिट बाँडफाँट टुङ्याउन दिनैजसो छलफलमा छन। तर निस्कर्ष भने निकाल्न सकेको छैन।

सिट बाँडफाँटका लागि कहिले पार्टीको आन्तरिक त कहिले गठबन्धन दलहरुको छलफल भइरहेको छ । तर कसले कति सिट पाउने भन्ने भागबन्डा भने मिल्न सकिरहेको छैन।

आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने निस्कर्ष मात्रै गर्न सकेको छ।

बैठक गठबन्धनका दलबीच आगामी निर्वाचनका लागि सिट बाँडफाँटको टुङ्गो दुई दिनभित्र लाग्नेगरी छलफल अघि बढेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए यद्यपि सिट बाँडफाँट अघिल्लो साता नै गसिक्ने बताइएको थियो।

गठबन्धन दलभित्रै नेपाली कांग्रेसले कतिपय जिल्लामा गठबन्धन नगर्ने निर्णय गरेको र पार्टीभित्र ९० सिटभन्दा तल सहमति नगर्न दबाब परेकाले पनि समस्या भएको छ।

गठबन्धनको कार्यदलको बैठक भोलि सोमबार दिउँसो १ बजे बस्ने र लगातार बैठक बसी सहमतिका साथ दुई दिनभित्र सबै विषय शीर्ष नेतृत्वसमक्ष पेस गर्ने कार्कीले बताए।

बैठकमा केही दिनेदेखि सिट बाँडफाँटकै सेरोफेरोमा छलफल भइरहेको मन्त्री कार्कीले जानकारी दिए। सिट बाँडफाँट गर्दा सबै दलका लागि न्यायोचित, सम्मानजनक र ‘विन विन’ हुनेगरी निर्णय लिइने उनले भने।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको सहभागी थिए।