Logo
१७ असार २०८२, मंगलबार

सबै विद्यालयमा सूचना अधिकारी तोक्न वीरगञ्ज महानगरको निर्देशन

अक्षरपाटी
२०७९ असोज १३ , बिहीबार ११:०९ मा प्रकाशित

वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले नगरमा रहेका सामुदायिक र संस्थागत सबै विद्यालयमा सूचना अधिकारी तोक्न निर्देशन दिएको छ।

शिक्षा विकास तथा समन्वय एकाइ पर्साले असोज ९ गते महानगरपालिका कार्यालयमा पठाएको पत्रमा विद्यालयमा सूचना माग्दा सूचना नपाएको अभिभावकको गुनासो आएको उल्लेख गरेकाले महानगरपालिकाले आज सूचना जारी गर्दै दशैँ बिदाबाहेक सात दिनभित्रमा हरेक विद्यालयमा एक सूचना अधिकारी तोक्न विद्यालयलाई निर्देशन दिएको वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले बताए।