Logo
८ वैशाख २०८१, शनिबार

एमालेको घोषणापत्रमा समेटिएका २० नारा

अक्षरपाटी
२०७९ कात्तिक १५ , मंगलबार ०३:११ मा प्रकाशित

काठमाडौं। नेकपा एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’ नारालाई निरन्तरता दिँदै चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

काठमाडौंको तारे होटल याक एन्ड यतीमा तामझाका साथ ल्याइएको घोषणापत्रमा महिनावारी हुने हरेक महिलालाई वार्षिक १५ सय दिनेदेखि विभिन्न २० वटा ग्यारेन्टी गरेको छ।

घोषणापत्र सार्वजनिक कार्यक्रमस्थल याक एन्ड यती होटेल परिसर र कार्यक्रमस्थलमा ओलीका तस्बिर, पोष्टर र ठूला ठूला डमी राखिएको थियो।

कार्यक्रमलाई थप प्रचार गर्न ओलीले पूर्वब्यंकर अनिलकेशरी शाहसँग बहस गरेका छन्।
एमालेका २० प्रतिज्ञा

१– पहिलो सेसनः समृद्धि अधिवेशन
२– नेपालीलाई मात्र नागरिकता
३– हंगर : नो लंगर
४– उत्पादन स्वदेशी : बजार विदेशी
५– सुरक्षित छाना : पुग्छ सबैको चाहना
६– कमाइ : युवाको रोजाई
७– पढाइ :भविष्यको जग बसाइ
८– सुगर प्रेसर : भइन्न बिरामी औषधि बेगर
९– फ्रि मिटर : १० हजार लिटर
१०– फ्रि युनिट : ५० युनिट
११– खेतबारीमा पानी : खाडीमा हैन स्वदेशमै लगानी
१२– दिनदिनै सडक विस्तार : विकासका पूर्वाधारको आधार
१३– भूमिगत तार : सहर बजार
१४– नो लाइन : सेवा अनलाइन
१५– ५ लाख रोजगार : न्यूनतम ज्याला २५ हजार
१६– समृद्धिसँगको नाता : सबैको बैंक खाता
१७– स्वास्थ्य महिनावारी : १५ सय वर्षभरि
१८– फाइभजी सञ्चार : आइटीमा चमत्कार
१९– हामी सामाजिम : सभ्य नागरिक
२०– हाम्रो अर्थ : १०० खर्ब

एमाले घोषणापत्र