Logo
१३ वैशाख २०८१, बिहीबार

नवजीवन अस्पताल र लायन्स क्लबको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर

अक्षरपाटी
२०७९ कात्तिक २५ , शुक्रबार ११:११ मा प्रकाशित

धनगढी। धनगढीको नवजीवन अस्पताल र लायन्स क्लब अफ धनगढीको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ।

शनिवार धनगढी १३ स्थित नवज्योति आधारभूत तह विद्यालयमा शिविर आयोजना हुन लागको नवजीवन अस्पतालका सिईओ चक्र कठायतले जानकारी दिए।

शिविर बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म चल्ने छ। खडायतका अनुसार शिविरमा सबैखाले बिरामीले स्वास्थ्य लाभ लिन सक्नेछन्।

शिविरमा अर्थोपेडिक डाक्टर विदुरमणि ढकाल, स्त्री रोग विशेषज्ञ डाक्टर जय रामकेसी, सामान्य चिकित्सक, डा राजु विष्ट, बालरोग विशेषज्ञ डाक्टर विक्रम हीराचनले स्वास्थ्य परीक्षण गर्ने छन्।

शिविरमा निःशुल्क भिडियो एक्सरे, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ प्याप स्मेयर जाँच पनि गरिनेछ।

पेट, छाती, मुटु, मधुमेह रोग विशेषज्ञ डा राजु विष्टसहित डाक्टरहरूको टोली नवजीवन अस्पताल प्रालिबाट सेवामा खटिनेछन्।

क्लबका अध्यक्ष घनश्याम चौधरीले शिविरलाई सहज रुपमा सम्पन्न गर्न क्लबका कर्मचारी सदस्यलाई उपस्थितिका लागि अनुरोध गरेका छन्।

नवजीवन