Logo
७ कात्तिक २०८३, शुक्रबार

तीर्थाटनका लागि रास्वपमा सभापति लामिछाने भारत प्रस्थान

अक्षरपाटी
२०८३ कात्तिक ७ , शुक्रबार ०८:१० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने धार्मिक तथा पारिवारिक भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन्।

सभापति लामिछाने कार्तिक ६ गतेदेखि अर्थात आज तीन दिनका लागि निजी तथा पारिवारिक तीर्थाटनमा भारत प्रस्थान गरेका हुन्।

भ्रमणका क्रममा लामिछानेले धनगढी हुँदै भारतको उत्तराखण्डस्थित नैनीताल जाने र त्यहाँ रहेको कैंची धाममा सपरिवार पूजा–अर्चना गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ। त्यसपछि उनी आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पुगेर परिवारसहित पूजाअर्चना गर्ने कार्रयक्रम छ।

रास्वपाका अनुसार यो भ्रमण पूर्ण रूपमा निजी तथा पारिवारिक हुने बताइएको छ। तीन दिने धार्मिक तथा पारिवारिक भ्रमण सम्पन्न गरी लामिछाने स्वदेश फर्किनेछन्।

रास्वपा सभापति लामिछानेको निजी सचिवालयले जारी गरेको विज्ञप्तिमा भ्रमणका क्रममा कुनै राजनीतिक कार्यक्रम नरहेको स्पष्ट पारिएको छ।

रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी
यो पनि हेर्नुहोस् : एलिट लोकतन्त्र र नेपाल