Logo
२३ असार २०८३, मंगलबार

उदयपुर १ को स्थगित मतगणना निरन्तर गर्न आयोगको आदेश

अक्षरपाटी
२०७९ मंसीर १२ , सोमबार ०५:११ मा प्रकाशित

उदयपुर। निर्वाचन आयोगले उदयपुर–१ मा स्थगित मतगणनालाई निरन्तरता दिन आदेश दिएको छ।

मतगणना पूर्व भएको सहमतिका आधारमा मतगणनालाई निरन्तरता दिन हिजो मुख्य निर्वाचन अधिकृत कार्यालयलाई आयोगले निर्देशन दिएको हो।

उदय पुरमा नेपाली कांग्रेसका नारायण खडका र एमालेबाट उम्मेदवार रहेकी मन्जुकुमारी चौधरी कडा प्रतिस्पर्धामा छन्।