Logo
२३ वैशाख २०८१, आईतबार

पोर्चुगललाई पराजित गर्दै दक्षिण कोरिया विश्वकपको नकआउटमा

अक्षरपाटी
२०७९ मंसीर १६ , शुक्रबार ११:१२ मा प्रकाशित

काठमाडौं । ह्वाङ ही चानको निर्णायक गोलले पोर्चुगललाई पराजित गर्दै दक्षिण कोरिया विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ।

शुक्रबार राती भएको खेलमो दक्षिण कोरियाले पोर्चुगललाई २–१ गोलले पराजित गर्दा ह्वाङले निर्णायक गोल गरेका हुन्।

खेल १–१ गोलको बराबरी भएको अवस्थामा ह्वाङले इन्जुरी समयको पहिलो मिनेटमा नै गोल गर्दै दक्षिण कोरियालाई जित लिए। ह्युङ मिन सनको पासमा ह्वाङले उत्कृष्ट गोल गरे।

नकआउट चरणमा पुग्न पोर्चुगलविरुद्ध दक्षिण कोरियालाई जित्नैपर्ने दबाब थियो । तर, खेलको पाँचौ मिनेटमा नै दक्षिण कोरिया पछि पर्यो।

डालोटको पासमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए। २७ औं मिनेटमा किम योङले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। अन्तिम समयमा ह्वाङले गोल गर्दै दक्षिण कोरियालाई जित दिलाए।

अर्को खेलमा उरुग्वेले घानालाई २–० गोलले पराजित गरेपछि विश्वकपबाट बाहिरिएको छ। पहिलो हाफमा नै २–० गोलले अग्रता लिएको उरुग्वेले दोस्रो हाफमा थप गोल गर्न सकेन।

दक्षिण कोरियाले पोर्चुगललाई २–१ गोलले पराजित गरेको अवस्थामा उरुग्वेलेको थप एक गोल गर्न सकेको भए कोरिया गोल अन्तरका आधारमा विश्वकपबाट बाहिरिने थियो। तर, अवस्था त्यस्तो हुन सकेन्। उरुग्वे घानाविरुद्ध २–० गोलमा सिमित बन्यो।

fifa worldcup 2022