Logo
८ वैशाख २०८१, शनिबार

अर्जेन्टिनाको पोल्टोमा ३६ वर्षपछि विश्वकपको उपाधि

अक्षरपाटी
२०७९ पुस ४ , सोमबार १२:१२ मा प्रकाशित

काठमाडौं। नेपाली उखान छ, बाह्र वर्षमा खोलो फर्कन्छ । तर अर्जेन्टिनालाई विश्वकफको उपाधि फेरि जित्न त्यस्ता तीनवटा बाह्र वर्ष अर्थात ३६ वर्ष लाग्यो।

आइतबार राति सम्पन्न विश्वकपको अन्तिम प्रतिस्पर्धामा अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि आफ्नो पोल्टोमा पारेको छ।

कतारको लुसेल स्टेडियममा भएको तीव्र प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलमा फ्रान्ससँग बराबरी भएपछि टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिना यसपटकको विश्वकपको हकदार बनेको हो।

खेलमा अर्जेन्टिनाले २–० र ३–२ को अग्रता जोगाउन नसक्दा खेल टाइब्रेकरमा पुगेको हो।

यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट २–२ गोल भएको थियो। त्यसपछिको अतिरिक्त समयमा दुवै टिमले १–१ गोल थपे। ती गोलमा अर्जेन्टिनाका लागि मेस्सीले २ र डिमारियाले १ गोल गरे।

प्रतिउत्तरमा फ्रान्सका लागि ३ वटै गोल युवा स्ट्राइकर केलियन एम्बाप्पेले गरेका थिए। उनी विश्वकपको फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका छन्। यसअघि १९६६ को विश्वकपमा इङल्यान्डका गिअफ हर्टस्ले ह्याट्रिक गरेका थिए।

यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो। उसले यसपटक ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो।

fifa worldcup 2022