Logo
२३ भदौ २०८३, मंगलबार

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

अक्षरपाटी
२०७९ मंसीर २१ , बुधबार ०५:१२ मा प्रकाशित

काठमाडौं। धितोपत्र कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको बजार १६ दशमलव ६१ अंकले घटेर एक हजार नौ सय १७ दशमलव २८ कायम भएको छ।

आज दुई सय ४६ वटा कम्पनीको ८० लाख ९२ हजार सात सय १९ कित्ता शेयर एक अर्ब ६५ करोड ४६ लाख ६२ हजार पाँच सय ५० मा कारोबार भएको छ।

आजको कारोबारमा ३७ कम्पनीका शेयर मूल्य बढेका छन् भने एक सय ५९ कम्पनीका शेयर मूल्य घटेका छन्।

आज भएको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक मात्रै बढेको छ भने अन्य सबै समूहका उपसूचक घटेका छन्।

आजको बजारमा सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ६ दशमलव ०९ प्रतिशतले बढेको छ।

कारोबारका आधारमा आज सबैभन्दा धेरै सानिमा बैंकको संस्थापक शेयर ६७ करोड दुई लाख ९३ हजार बराबरको ५१ लाख कित्ता शेयर किनबेच भएको छ।