Logo
२३ भदौ २०८२, सोमबार

जनतासँग गरेका वाचा पूरा गर्छु : पौडेल

अक्षरपाटी
२०७९ पुस २ , शनिबार ०८:१२ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले निर्वाचनका बेला जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्ने बताए।

काठमाडौ ५ बाट निर्वाचित पौडेलले आज यहाँ आयोजित अन्तक्रियामा आफ्नो विजयलाई अवसरका रूपमा लिएको बताउँदै आगामी दिनमा जनताका कामलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने विश्वास दिलाए।

‘आगामी पाँच वर्षमा राजनीतिक बेथितिको अन्त्य गर्ने, स्थानीय समस्या समाधान गर्ने र निर्वाचनमा जनतासँग गरेका वाचा पूरा गर्ने काममा लाग्नेछु’, उनले भने।

नेता पौडेलले उत्पादनमूलक उद्योग सञ्चालनमा ल्याएर आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरी निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी रहेको बताए। निर्यातमुखी अर्थतन्त्र विकास भए रोजगारीको अवसर सिर्जना हुने उनको भनाइ छ।

प्रदीप पौडेल