Logo
१३ असोज २०८३, मंगलबार

न्यूरोड क्षेत्रमा परम्परागत शैलीका सडकबत्ती

अक्षरपाटी
२०८३ असार १४ , आईतबार ११:०६ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यूरोड क्षेत्रमा परम्परागत शैलीका सडकबत्ती जडान गरेको छ। नगरको ऐतिहासिक एवं पुरातात्विक सम्पदा क्षेत्रको सौन्दर्यमा थप निखार ल्याउन र मौलिक पहिचान संरक्षण गर्ने उद्देश्यले परम्परागत शैलीका सडकबत्ती जडान गरिएको महानगरले जनाएको छ।

महानगरपालिकाले इन्द्रचोकदेखि विशाल बजारसम्मको शुक्रपथ सडकखण्डमा यी आकर्षक र परम्परागत बत्तीहरू जडान गरेको हो।

सांस्कृतिक एवं ऐतिहासिक स्वरूपलाई थप उजागर गर्दै रातिको समयमा पैदलयात्री तथा सर्वसाधारणका लागि सुरक्षित र सहज आवागमन होस भन्ने लक्ष्यका साथ यो कार्य अघि बढाइएको महानगरले जनाएको छ।

साँझ परेपछि बल्ने यी मौलिक बत्तीहरूले यस व्यापारिक तथा पर्यटकीय क्षेत्रलाई थप मनमोहक बनाएका छन्, जसले गर्दा सम्पदाको रात्रिकालीन सौन्दर्यमा नयाँ रौनक थपिएको छ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ महानगरपालिका सडकबत्ती