Logo
२ मंसीर २०८३, बुधबार

दानबहादुर कार्कीको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, अन्तरिम आदेश दिन अस्वीकार

अक्षरपाटी
२०८३ मंसीर २ , बुधबार ०३:११ मा प्रकाशित

काठमाडौं । आफूलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पुनर्बहाली गर्न माग गर्दै निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई तत्काल प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्न अन्तरिम आदेश जारी नगरी विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

अदालतले कार्कीलाई प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली गर्नुपर्ने वा नपर्ने विषयमा सरकारसहितका विपक्षीहरूलाई लिखित जवाफ पेस गर्न आदेश दिएको छ।

त्यसैगरी, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि अदालतमा उपस्थित हुन पनि आदेश दिइएको छ।

अदालतको आदेशअनुसार विपक्षीहरूको लिखित जवाफ प्राप्त भएपछि अन्तरिम आदेशसम्बन्धी विषयमा छलफल हुनेछ। त्यसपछि सर्वोच्च अदालतले मुद्दाको नियमित सुनुवाइका लागि पेसी तोक्नेछ।

कार्कीले आफूलाई प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले तत्काल पुनर्बहालीको आदेश नदिई विपक्षीहरूबाट जवाफ माग्ने प्रक्रिया अघि बढाएको हो।

दानबहादुर कार्की सर्वोच्च अदालत

ट्रेन्डिङ ( साप्ताहिक )