Logo
१९ वैशाख २०८१, बुधबार

सांसदहरुको सपथग्रहण आज

अक्षरपाटी
२०७९ पुस ७ , बिहीबार ०९:१२ मा प्रकाशित

काठमाडौं ७ पुस । नवनिर्वाचित सांसदहरूलाई संघीय संसद सचिवालयले आज शपथग्रहण गराउने तयारी गरेको छ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आज दिउँसो १ बजे सपथग्रहणको कार्यक्रम तय भएको छ।

नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आज सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउने छन्। राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो शपथग्रहण गराएकी थिइन्।

शपथ अघि आज ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा सर्वदलीय बैठक बस्ने छ। मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्ने भएको हो।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एक एक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी हुनेछन्।

सर्वदलीय बैठकमा दलका प्रतिनिधि, सभाका अध्यक्ष राणा, संसद सचिवालयमा महासचिव डा भरतराज गौतम लगायत सहभागी हुनेछन्।

शपथग्रहण सांसद