Logo
३१ जेठ २०८३, आईतबार

पूजा साहलाई ‘द मिसेस नेशन’को उपाधि

अक्षरपाटी
२०८३ जेठ ३१ , आईतबार ०३:०६ मा प्रकाशित

काठमाडाैं। विवाहित सुन्दरीहरुको सौन्दर्य प्रतियोगितामा पूजा साहले ‘द मिसेस नेशनल’को उपाधि चुमेकी छन्।

जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न द मिसेस नेशनल–सिजन ४ को अन्तिम प्रतिस्पर्धामा साहले शिर्ष उपाधि चुमेकी हुन्।

क्रिजोना मिडिया प्रालिको आयोजनामा सम्पन्न प्रतियोगितामा लक्ष्मी बोहोरा द मिसेस नेशनल प्लेटिना उपाधि विजेता भएकी छन् भने अप्सरा सुवेदी द मिसेस नेशनल क्लासिकको उपाधि विजेता भएकी छन्।

त्यसैगरी जानकी देवी भ्यूअर्स च्वाइस अवार्ड र निरु हाङ्सारुम्बा लिम्बु मोस्ट पपुलर अवार्ड विजेता भए।

प्रतियोगितामा विभिन्न विशेष उपाधिसमेत प्रदान गरिएको थियो। सुष्मा केसी मोस्ट कन्फिडेन्ट, पवित्रा फुयाँल मोस्ट इन्स्पिरेसनल, शान्ति शाही मोस्ट करेजियस र श्रद्धा श्रेष्ठ बोहोरा मोस्ट क्रिएटिभ घोषित भएका छन्।

किसु सुनारले बेस्ट पर्सनालिटी, भवानी जिरेलले मोस्ट फ्रेन्ड्ली तथा बिना लिम्बुले मोस्ट ट्यालेन्टेड एन्ड बेस्ट वाक उप उपाधि प्राप्त गरेका छन्।

त्यस्तै नीतु मिश्र मोस्ट इन्करेजिङ, अप्सरा सुवेदी मोस्ट फोटोजेनिक, निरु हाङ्सारुम्बा लिम्बु बेस्ट पब्लिक स्पिकर, जानकी देवी मोस्ट एलिगेन्ट, पूजा साह मोस्ट डिसिप्लिन्ड, लक्ष्मी पाख्रिन मोस्ट ग्रेसफुल तथा लक्ष्मी बोहोरा बेस्ट फिगर अवार्डबाट सम्मानित भए।

प्रतियोगिताको निर्णायकमा अभिनेता रवि डंगोल, सामाजिक अभियन्ता तथा सार्वजनिक व्यक्तित्व नानु सिंह र उद्यमी तथा नेपाल एसोसिएसन अफ टुर अपरेटर्सका निर्देशक विश्वेश श्रेष्ठ रहेका थिए।

द मिसेस नेशन