Logo
२२ भदौ २०८२, आईतबार

कोरोना संक्रमणबाट आज एक जनाको मृत्यु

अक्षरपाटी
२०७९ पुस २३ , शनिबार १०:०१ मा प्रकाशित

काठमाडौं। कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको हो।

नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ।

आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन्। हाल २१ जना सक्रिय सङ्क्रमित छन्।

कोरोना