



काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अक्टोबर १ मा मनाइने विश्व ज्येष्ठ नागरिक दिवसका अवसरमा निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने जनाएको छ।
हस्पिटलले ३० सेप्टेम्बरदेखि २ अक्टोबरसम्म (असोज १४ देखि १६) ६५ वर्ष वा त्योभन्दा माथिको उमेरका ज्येष्ठ नागरिकका लागि निःशुल्क ओपीडी सञ्चालन गर्न लागेको हो। सो अवसरमा परीक्षणमा १० प्रतिशत छुट पनि उपलब्ध गराइने हस्पिटलले जनाएको छ। निःशुल्क ओपीडी बिहान ८ देखि ११ र दिउँसो २ देखि ४ बजेसम्म सञ्चालन हस्पिटलले जनाएको छ।
उमेर बढेसँगै विभिन्न स्वास्थ्य समस्याको जोखिम रहने भएकाले ज्येष्ठ नागरिकले समय–समयमा परीक्षण गराउनु आवश्यक रहेको कन्सल्टेन्ट जेरियाट्रिक केयर फिजिसियन डा. विन्दु पाण्डे बताइन्। निःशुल्क ओपीडी सेवा लिनका लागि ०१–५९७००३२ र ९८०२१७००३२ मा सम्पर्क गर्न हस्पिटलले आग्रह गरेको छ।
हस्पिटलले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकको विशेष स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै जेरियाट्रिक केयर सेवा पनि सञ्चालन गर्दै आएको डा. पाण्डेले जनाकारी दिइन्।
नर्भिक इन्टरनेशनल हस्पिटल

