Logo
३१ भदौ २०८२, मंगलबार

सौरभको ‘अगस्त्य’मा सौगात

अक्षरपाटी
२०७९ माघ १ , आईतबार ११:०१ मा प्रकाशित

काठमाडौं। निर्देशक सौरभ चौधरीको ड्रिम प्रोजेक्ट ‘द अनब्रेकेबल स् अगस्त्य’मा अभिनेता सौगात मल्लको प्रवेश भएको छ।

माघे संक्रान्तिको अवसर पारेर आइतबार एक पोस्टर जारी गर्दै निर्माण युनिटले फिल्ममा सौगात मल्लको अभिनय रहने जानकारी गराइएको हो।

‘मिस्टर भर्सटायल’को ट्याग दिइएको सौगात पोस्टरमा एक कुकुरका साथमा स्टाइलिस लुक्समा फिचर छन् । फिल्ममा उनी अगस्त्यको भूमिकामा रहनेछन्।

फिल्मका लागि अन्य कलाकार पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले बताए। स्वयंको लेखन रहेको फिल्मलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन्।

राजेश श्रेष्ठले फिल्म खिच्नेछन्। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुनेछ।

फिल्ममा नेपालीसँगै भारतका केही चलेका कलाकारको पनि अभिनय रहनेछ।