Logo
२३ असार २०८३, मंगलबार

कर्णाली प्रदेशले आज सभामुख चयन

अक्षरपाटी
२०७९ माघ १ , आईतबार ११:०१ मा प्रकाशित

सुर्खेत १ माघ। कर्णाली प्रदेशमा आज सभामुख छनोट हुँदैछ।

प्रदेशसभामा अहिले केहीबेरमा सभामुखका लागि निर्वाचन हुँदैछ।

सभामुखको लागि सत्ता गठबन्धनका तर्फबाट एमालेका सांसद नन्दा गुरुङ र नेपाली कांग्रेसका खड्ग पोखरेल प्रतिस्पर्धामा छन्।

गुरुङको पक्षमा २५ जना सांसद छन्। उनको पक्षमा एमालेको १०, माओवादीको १३, राप्रपा र समाजवादीको १–१ मत छ।

कांग्रेस उम्मेदवार पोखरेलको पक्षमा १४ मत छ। यदि स्वतन्त्र सांसद देवेन्द्र बहादुर शाहीले उनलाई मत दिएपनि उनले चुनाव जित्ने अवस्था छैन।

सत्तारुढ दलबीच भएको भागबण्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री र उप–सभामुख नेकपा माओवादी केन्द्र र सभामुख नेकपा एमालेको भागमा परेमा थियो।