Logo
१५ चैत्र २०८०, बिहीबार

गृहमन्त्री रवि लामिछानेले भने : हिजो बोलेका शब्द शब्द हेक्का छ

अक्षरपाटी
२०७९ माघ ७ , शनिबार ११:०१ मा प्रकाशित

काठमाडौं ७ माघ। सामाजिक सञ्जाल मात्र होइन संसदमा समेत उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि फरार अभियुक्त संसद भवनमै आउँदा पनि पक्राउ गर्न नसकेको भन्दै आलोचना भएपछि उनले जवाफ दिएका छन्।

शुक्रबार गृहमन्त्रालयले सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन बिकको हत्या अभियोग लागेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयललाई पत्र नै काटेर पक्राउमा किन ढिलाइ भएको भन्दै प्रश्नसमेत गरेकाे थियो।

त्यसलगत्तै गृहमन्त्रीको जिम्मेवारी समेत सम्हालेका उपप्रधानमन्त्री लामिछानेले आज सामाजिक सञ्जाल मार्फत भनेको छन्, ‘पुराना फरारहरु समातिन्छन् मात्र होइन, नयाँहरु फरार हुन नपाउन भन्ने कुराको हेक्का छ। हिजो बोलेका शब्द शब्द हेक्का छ। चुनाव भोट माग्दा गरेका वाचाहरुको हेक्का छ।’

उनले मिडियाले आलोचना गर्न हतार गरेकोतर्फ शंकेत गर्दै थप भनेका छन्, ‘मिडियाको हेडलाइन म बदल्न सक्दिनँ तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु।’

उनले राजनीतिदेखि कर्मचारीतन्त्र र सुरक्षा निकाएमा व्याप्त व्यथितिप्रति शंकेत गर्दै लेखेका छन्, ‘धुलो धेरै छ, पुरानो छ, थोरै पर्खिनुचाहीँ पर्छ !’

गृहमन्त्री रवि लामिछाने