Logo
१ कात्तिक २०८३, शनिबार

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ शनिवारका दिन पक्राउ

अक्षरपाटी
२०८३ कात्तिक १ , शनिबार ०१:१० मा प्रकाशित

काठमाडौँ। जनआस्था साप्ताहिकका अध्यक्ष तथा सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन्।

प्रहरीले श्रेष्ठलाई शनिबार उनकै निवासबाट पक्राउ गरेको हो।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् कलाकार हिमेस पन्तको उजुरीका आधारमा पक्राउ गरिएको बताइएको छ।

पन्तले आफ्नो चरित्र हत्या गरेको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए।

श्रेष्ठको पक्राउबारे पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले सरकारको अधिनायकवादी कदम भनेकी छन्।

उनले काउन्सिलको क्षेत्राधिकार भएको बिषय शनिवारका दिन २४ घण्टा नबित्दै पक्राउ गरेर सरकारले अधिनायकवादी कदम चालेको बताएकी छन्।

किशोर श्रेष्ठ पक्राउ
यो पनि हेर्नुहोस् : दुर्गा प्रसाईं फेरि पक्राउ

ट्रेन्डिङ ( साप्ताहिक )