Logo
६ वैशाख २०८१, बिहीबार

पार्टी सभापति मनोनित भएलगत्तै रवि प्रधानमन्त्री भेट्न बालुवाटारमा

अक्षरपाटी
२०७९ माघ १५ , आईतबार १०:०१ मा प्रकाशित

काठमाडौं १५ माघ। राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः मनोनित भएलगत्तै रवि लामेछाने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका छन्।

सर्वोच्चको फैसलापछि आजै नागरिकता पुनः प्राप्ति गरेर उनले आजै प्रक्रिया पुरा नगरेको पुरानै नेपाली नागरिकताका आधारमा बनाएको पासपोर्ट राहदानी विभागलाई बुझाएका थिए।

त्यसलगत्तै उनी पार्टीको बैठकमा उपस्थित भइ सभापतिमा २४ घन्टापछि पुनः मनोनित भएका हुन्।

सभापति लामिछाने पार्टीको बैठक सकेर प्रधानमन्त्री निवाश बालुवाटार पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सर्वोच्चको फैसलापछि शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पद गुमाएका लामिछाने गृहमन्त्रीको पदका बारेमा छलफल गर्न बालुवाटार पुगेको बुझिएको छ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेका कारण सर्वोच्चको फैसलापछि उनले उप्रधानमन्त्री तथा गृहमन्त्रीको पद गुमाएका थिए।

रास्वपाले गृह मन्त्रालयमा आफ्नो दाबी रहेको बैठकपछि प्रतिक्रिया दिइसकेको छ।

रवि लामिछाने