काठमाडौं २१। निजी हवाई सेवा कम्पनीहरुले लामो समयदेखि अनलाई मार्फट टिकट बुक गर्न सकिने सेवा सञ्चालनमा ल्याए पनि नेपाल वायुसेवा निगमले भने बल्ल अनलाइनबाट टिकट काट्ने व्यवस्था गरेको छ।
निगमका अनुसार अब यात्रुले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानका टिकट अनलाइनमार्फत् बुक गर्न सक्नेछन्।
‘नेपाल वायुसेवा निगमले यात्रुहरुको सहजताका लागि हाललाई ई–सेवाबाट आन्तरिक र अन्तर्राष्ट्रिय हवाई टिकट काट्न सक्ने प्रबन्ध गरेको छ’, निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
निगमले आगामी दिनमा अन्य वालेट तथा वेवसाइटमार्फत् पनि टिकट काट्ने व्यवस्था मिलाइने बताएको छ।