Logo
१ कात्तिक २०८३, शनिबार

सभापति लामिछानेलाई धम्कीपूर्ण अभिव्यक्ति फिर्ता लिन पत्रकार महासंघको सुझाव

अक्षरपाटी
२०७९ माघ २२ , आईतबार ०८:०२ मा प्रकाशित

काठमाडौं, २२ माघ। नागरिकता विवाद, अदालतको फैसला र संसदेखि मन्त्री पद गुम्दा सम्म अनेकन आलोचना खेपेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आइतबार विशेष पत्रकार सम्मेलनमा उपस्थित भए।

उनले सुरुमा आफ्नो पार्टी सरकारबाट बाहिरिने जानकारी गराए। त्यसलगत्तै उनी निकै आक्रोसित रुपमा प्रस्तुत भए। धेरैले अहिले पनि उनको आक्रोसलाई सत्ता गठबन्धनमा भएको खटपटका रुपमा व्याख्या गरेका छन्। तर उनले आफूलाई मिडियाले खेदेको विषयमा असन्तुष्टि मात्रै पोखेनन्, विभिन्न सञ्चारमाध्यम र पत्रकारको नामै किटेर विभिन्न घटनाबारे सार्वजनिक रुपमा आरोप लगाए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको अभिव्यक्तिलाई लिएर नेपाल पत्रकार महासंघले भने गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पत्रकार सम्मेलनमार्फत छामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाएको महासंघको ठहर छ।

महासंघले लामिछानको अभिव्यक्तिलाई लिएर महासंघका महासचिव रोसन पुरीको हस्ताक्षरमा सार्वजनिक भएको प्रेस विज्ञप्तिमा धम्किपूर्ण अधिव्यक्ति पे्रस स्वातन्त्रतामाथिको गम्भीर प्रहार भएको उल्लेख छ।

संसदको चौथो ठूलो दलका सभापति तथा उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका व्यक्तिले सञ्चार क्षेत्रप्रति संयम गुमाएर अधिव्यक्ति दिनु समग्र सञ्चारक्षेत्रमाथिको प्रहार भएको महासंघको भनाइ छ।

सञ्चार प्रतिष्ठान, सञ्चारकर्मीको नामै किटेर सार्वजनिक रुपमा धम्की दिनुले असुरक्षा बढेको चिन्ता व्यक्त गर्दै महासंघले कुनै अप्रिय घटना भएमा त्यसको जिम्मेवारी सभापति लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्ने महासंघले भनेको छ।

महासंघले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकारको पक्षमा निरन्तर संघर्ष गरेको नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्बीबाट विचलित नहुने पनि प्रष्ट्याएको छ।

लामिछानको धम्कीपूर्ण अभिव्यक्तिको निन्दा गर्दै महासंघले आफ्नो अभिव्यक्ति फिर्ता लिएर प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न माग समेत गरेको छ ।

रवि लामिछाने
यो पनि हेर्नुहोस् : एलिट लोकतन्त्र र नेपाल

ट्रेन्डिङ ( साप्ताहिक )