Logo
७ पुस २०८१, आईतबार

सुर्खेतमा आन्दोलनकारीको ढुङ्गा प्रहारबाट प्रहरी घाइते, ४ राउण्ड अश्रुग्यास प्रहार

अक्षरपाटी
२०७९ फागुन १ , सोमबार ०२:०२ मा प्रकाशित

१ फागुन, सुर्खेत । आइतबार बसको ठक्करबाट जाजरकोटकी नदी रावतको मृत्युको विषयमा भएको प्रदर्शनका क्रममा सोमबार दिउँसो प्रहरी र प्रदर्शनकारीको झडपमा एक प्रहरी घाइते भएका छन् ।

आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् । झडप नियन्त्रण गर्न प्रहरीले द्ध राउन्ड अश्रुग्यास हानेको छ । मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको झडप हुँदा आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिए ।

‘मृतकका परिवार र पीडक पक्षबीच जिल्ला प्रहरी कार्यालयमा विहानैदेखि वार्ता भैरहेको छ, केही भट्काउ समूहले उग्रता मच्चाएपछि नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्ने आदेश दिइएको छ’, प्रमुख जिल्ला अधिकारी सापकोटाले भने, ‘ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ, बजारक्षेत्रको स्थिति सामान्य बन्दैछ ।’

आफन्तहरुले उक्त घटनाका दोषीलाई कारबाही र राहतको माग गर्दै सोमबार बिहानैदेखि आन्दोलन जारी राखेका छन् ।