काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेरेअघि सुरु भएको हो ।
बैठकले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्नेबारेमा छलफल गर्नेछ । यस क्षेत्रमा आउँदो वैशाख १० गते उपचुनाव हुँदैछ । यस्तै बैठकमा समसामयिक राजनीति र सङ्गठन विस्तारबारे छलफल हुने पनि बताइएको छ ।
रास्वपा रवि लामिछानेको नागरिकता विवादसँगै उपप्रधानसहित गृह मन्त्रालय गुमाएपछि सरकारबाट बाहिरिएको थियो । यद्यपि रास्वपाले सरकारलाई समर्थन भने जारी राखेको छ ।
आजको बैठकमा सत्तारूढ दलहरूले सरकारमा सहभागी हुन आह्वान गरेकाले यस विषयमा पनि छलफल गर्ने बताइएको छ ।