Logo
२८ पुस २०८१, आईतबार

बैंकहरुको चर्को ब्याजविरुद्ध धनगढीका व्यवसायी, समर्थनमा दुर्गा प्रसाईँ

अक्षरपाटी
२०७९ फागुन ९ , मंगलबार ०३:०२ मा प्रकाशित

धनगढी ९ फागुन। बैंकहरुको अचाक्ली ब्यादका बिरुद्ध धनगढीका व्यवसायी सडकमा उत्रिएका छन्।

व्यापारीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य संघको अगुवाइमा यहाँका व्यवसायी बिरोधमा उत्रिएका हुन्। बैंकहरुको चर्को ब्याज ज्यादतीबिरुद्ध र व्यवसायीका समस्या समाधानका लागि कैलाली उद्योग वाणिज्य संघ र अन्य व्यवसायिक तथा वस्तुगत संस्थाहरुले सयुक्त रुपमा बिरोध जनाएका हुन्।

धनगढीमा आज आयोजना गरिएको बिरोध र्याली र कोणसभामा यहाँका व्यवसायीले बैंकहरुले अविलम्ब व्यवसायीमारा व्याजदर एक अंकमा झार्नुपर्ने माग गरेका हुन्।

उद्योग वाणिज्य संघले भोलि बिहान कैलाली उध्योग वाणिज्य संघको आयोजनामा पुनः बिरोध र्यालीको आह्वान गरिएको छ। भोलिको बिरोध र्यालीमा समर्थन जनाउन व्यवसायी दुर्गा प्रसाईं समेतको सहभागी हुने उद्योग वाणिज्य संघ कैलालीले जनाएको छ।