काठमाडौं १० फागुन। अब उप्रान्त लघुवित्त संस्थाले एकभन्दा बढी ऋणीलाई कर्जा लगानी गर्न नपाउने भएका छन्।
नेपाल राष्ट्र बैंकले आज लघुवित्तका लागी जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै त्यस्तो व्यवस्था गरेको हो।
राष्ट्र बैंकले लघुवित्त संस्थाले नयाँ ऋणीलाई ऋण लगानी गर्दा एक जना ऋणीलाई एक मात्रै लघुवित्तले कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले बताए।
राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै अहिले नै ऋण लिइसकेका ऋणीलाई नियमित तालिका अनुसार ऋण तिर्न सो व्यवस्थाले बाधा पर्ने छैन।
बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीलाई समेत लघुवित्तले कर्जा लगानी गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।