Logo
१२ वैशाख २०८१, बुधबार

कञ्चटमा गोली लागेको अवस्थामा प्रहरी जवान मृत भेटिए

अक्षरपाटी
२०७९ फागुन ११ , बिहीबार ११:०२ मा प्रकाशित

सुर्खेत ११ फागुन। एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन्। कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कविन्द्र विक मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार विक गए राति २ बजेर ५६ मिनेटमा मृत भेटिएका हुन्। दार्चुला घर भएका विकको कञ्चटमा गोली लागेको छ।

विकको शव पोस्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा छ।

प्रहरी जवान विकले ड्युटी सकेर आफैँलाई गोली हानेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी मृत सुर्खेत