Logo
२८ पुस २०८१, आईतबार

बैंकको ऋण तिर्न नसकेपछि आत्महत्याको प्रयास !

अक्षरपाटी
२०७९ फागुन ११ , बिहीबार १२:०२ मा प्रकाशित

पोखरा ११ फागुन । पोखरामा व्यवसायीले ऋण तिर्न नसकेपछि आत्महत्याको प्रयास गरेका छन्।

उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष पवन प्रजापतिका अनुसार बैंकको चर्को ब्याज तिर्न नसकेको र प्रेसरका कारण पोखरा सविता पौडेल नाम भएकी व्यवसायीले आत्महत्याको प्रयास गरेकी हुन्।

व्यवसायीले बैंकको ब्याज तिर्न नसकेको र बैंकले पटकपटक दिएको मानसिक तनावका कारण बिष सेवन गरेर आत्माहत्याको प्रयास गरेको पोखरा उधोग वाणिज्य संघका अध्यक्ष प्रजापतिले दाबी गरे।

पौडेलको पोखराको मनिपाल अस्पतालमा उपचार भैरहेको छ।

आत्महत्या प्रयास