Logo
१४ वैशाख २०८१, शुक्रबार

जनकपुर सहरभित्रै एउटै कोठामा दुई फरक कक्षा सञ्चालन

अक्षरपाटी
२०७९ फागुन ११ , बिहीबार १२:०२ मा प्रकाशित

काठमाडौं ११ फागुन। जनकपुर विकसित सहर भए पनि यहाँको शैक्षिक अवस्था कस्तो छ भन्ने यहाँको विद्यालयको अवस्थाले बोलेको छ।

पुरानो सहर जनकपुरभित्रै पनेृ राष्ट्रिय प्राविमा एउटै कोठामा फरक फरक २ कक्षाका विद्यार्थी राखेर पढाउनुपर्ने अवस्था छ।

कक्षा कोठाको अभावमा फरक दुई कक्षाका विद्यार्थीलाई एउटै कक्षाकोठामा राखेर पढाउनुपर्दा समस्या हुने गरेको शिक्षकहरु बताउँछन्।

एउटै कक्षामा फरक दुई लेबलका विद्यार्थी पढाउनुपर्दा एउटा कक्षाकालाई चुपचाप बस्न लगाएर अर्को कक्षाकालाई पढाउनुपर्ने अवस्था रहेको विद्यालयले जनाएको छ।

या त एउटा कक्षाका विद्यार्थीलाई पढाउँदा अर्को कक्षाका विद्यार्थी बाहिर निकाल्नुपर्ने हुन्छ।

भौतिक संरचना नहुँदा एउटै कक्षामा फरक फरक दुई कक्षाका विद्यार्थी राखेर पढाउन थालिएको वर्षौं भइसकेको विद्यालयले जनाएको छ। ‘विद्यालयको आम्दानी छैन, सम्बन्धित निकायमा भन्न थालेको बर्सौँ भइसक्यो तर कसैले सुन्दै, अब त थाकिसक्यौँ’, विद्यालयका प्राध्यापकको भनाइ छ।

गाउँको सिंह दरबारका रुपमा स्थानीय निकायमा दोस्रो कार्यकालका लागि नयाँ जनप्रतिनिधि आए पनि विद्यार्थीको भविश्यप्रति कुनै चिन्ता नभएको राष्ट्रिय प्राविको यो अवस्थाले देखाउँछ।

स्रोतः रुटिन अफ नेपाल बन्द

जनकपुर शिक्षा