Logo
१५ चैत्र २०८०, बिहीबार

‘ऐना झ्यालको पुतली’ उत्कृष्ठ घोषित

अक्षरपाटी
२०७९ चैत्र ७ , मंगलबार ०६:०३ मा प्रकाशित

काठमाडौं । चैत २ देखि सुरु भएको छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) नेपाली फिल्म तर्फ ‘ऐना झ्यालको पुतली’लाई उत्कृष्ट घोषणा गर्दै सम्पन्न भएको छ ।

नेपाली फिल्मतर्फ चलचित्र प्रकासबाट प्रदिप खड्का र दिया मास्के उत्कृष्ट अभिनेता तथा अभिनेत्री घोषित भएका छन्।

समापन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले चलचित्रको महत्वमाथि प्रकास पार्दै भने ‘सिनेमाले डिप्लोम्यासी रोल गर्छ।’

उनले निफलाई सक्दो सहयोग गर्ने वचन समेत दिए । समापन कार्यक्रममा अभिनेत्री गौरी मल्ल, प्रियंका कार्की, नम्रता श्रेष्ठ चलचित्रकर्मीहरु प्रकास सायमी, प्रदिप कार्की तथा धेरै नाम चलेका चलचित्रकर्मीको उपस्थिति रहेको थियो।

निफका अध्यक्ष केपी पाठकले निफ सफलताको कथा सुनाएका थिए। उनले आगामी निफ अझ शसक्त रुपमा सम्पन्ने गर्ने बताएका थिए।

३५ देसका ९५ प्रतियोगी चलचित्र प्रतियोगी रहेको फेष्टिभलमा विभिन्न विधामा १३ अवार्ड प्रदान गरिएको थियो ।

५ दिनसम्म चलेको निफमा ९ वटा सेसन र तीनवटा मास्टर क्लास सम्पन्न भएका थिए।

प्रोफेसर इतामी ब्रोजन (क्रोसिया), प्रेमेन्द्र मजुमदार (भारत) र लि. रान (चाइना)ले मास्टर्श क्लास सञ्चालन गरेका थिए।