Logo
१९ वैशाख २०८१, बुधबार

१० जिल्लाका सिडिओ सरुवा, २२ सह र उपसचिवको जिम्मेवारी हेरफेर

अक्षरपाटी
२०७९ चैत्र ११ , शनिबार ०८:०३ मा प्रकाशित

काठमाडौं ११ चैत। गृह मन्त्रालयले १० जिल्लामा सिडयो र २२ सहसचिव तथा उपसचिवको जिम्मेवारी हेरफेर गरेको छ।

सहसचिवको दरबन्दीमा जिम्मेवारी वहन गरिरहेका उपसचिवलाई हटाएर त्यहाँ उपसचिव नै खटाइएको छ।

यसरी पाँचथरमा सहसचिव मेखबहादुर मगराती, लमजुङमा रामकृष्ण अधिकारी, जुम्लामा जयकुमार घिमिरे, पर्वतमा प्रेमप्रसाद आचार्य, दोलखामा कोमलप्रसाद धमला र रामेछापमा अनिता निरौलालाई प्रमुख जिल्ला अधिकारी बनाइएको छ।

त्यस्तै थानेश्वर गौतमलाई धनकुटा, वेदप्रकाश खरेललाई सल्यान, मदन कोइरालाई प्यूठान, रामकुमार महतोलाई जाजरकोटको सिडिओ बनाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय प्रमुखमा रामबन्धु सुवेदीलाई खटाइएको छ।