



काठमाडाैं। शनिबारीय फुर्सद मनाउने क्रममा आज शनिबार प्रधानमन्त्री वालेन शाहले पूर्वी नेपालमा रहेकाे मकालु बेस क्याम्पको प्रचार गरेका छन्।
उनले शन्दिप शर्माको भिडियो सेयर गर्दै उनले कसरी पूर्वी नेपालको दुर्गम हिमाली क्षेत्रमा अवस्थित मकालु–बरुण उपत्यका पुग्ने भनेर संक्षिप्त विवरण सार्वजनिक गरेका छन्।
प्राकृतिक सौन्दर्य, जैविक विविधता र मनोरम हिमाली दृश्यका लागि प्रसिद्ध मानिने मकालु बेस क्याम्प विश्वको पाँचौँ अग्लो हिमाल माउन्ट मकालु (८,४८५ मिटर) को काखमा रहेको साहसिक पदयात्रा हो।

ट्रेकको संक्षिप्त विवरण
अवधि: १७–१८ दिन
अधिकतम उचाइ: ४,८७० मिटर (मकालु बेस क्याम्प)
क्षेत्र: पूर्वी नेपाल
कठिनाइ स्तर: चुनौतीपूर्ण
उपयुक्त मौसम: वसन्त (मार्च–मे) र शरद (सेप्टेम्बर–नोभेम्बर)
दिनअनुसार यात्रा तालिका
पहिलो दिन: काठमाडौं → तुम्लिङटार → नुम
विकल्प १: काठमाडौंबाट तुम्लिङटारसम्म हवाई यात्रा
विकल्प २: काठमाडौंबाट तुम्लिङटारसम्म सडक यात्रा (करिब १४–१६ घण्टा)
तुम्लिङटारबाट सवारीमार्फत नुम पुगिनेछ।
दोस्रो दिन: नुम → सेदुवा (करिब ५ घण्टा)
धानबालीका फाँट, स्थानीय बस्ती र रमणीय ग्रामीण परिवेश हुँदै पदयात्रा।
तेस्रो दिन: सेदुवा → ताशिगाउँ (करिब ५ घण्टा)
Makalu Barun National Park क्षेत्रमा प्रवेश गर्दै ताशिगाउँ पुगिनेछ।

चौथो दिन: ताशिगाउँ → खोंग्मा डाँडा (करिब ६ घण्टा)
घना वन र उकालो बाटो पार गर्दै खोंग्मा डाँडा पुगिनेछ।
पाँचौँ दिन: खोंग्मा डाँडा → दोबाटो (करिब ६ घण्टा)
सुन्दर हिमाली दृश्यावलोकन गर्दै रमणीय पहाडी धारहरू पार गरिनेछ।
छैटौँ दिन: दोबाटो → याङ्ग्ले खर्का (करिब ७ घण्टा)
मनमोहक बरुण उपत्यकातर्फ ओरालो यात्रा।
सातौँ दिन: याङ्ग्ले खर्का (अनुकूलन दिवस)
उचाइसँग शरीरलाई अभ्यस्त बनाउन विश्राम तथा आसपासको क्षेत्र अवलोकन।
आठौँ दिन: याङ्ग्ले खर्का → शिवधारा → याङ्ग्ले खर्का (करिब ५–६ घण्टा)
पवित्र मानिने शिवधारा झरनाको भ्रमण गरी पुनः याङ्ग्ले खर्का फर्किने।

नवौँ दिन: याङ्ग्ले खर्का → लाङ्माले खर्का (करिब ६–७ घण्टा)
दशौँ दिन: लाङ्माले खर्का → मकालु बेस क्याम्प (करिब ५–६ घण्टा)
एघारौँ दिन: मकालु बेस क्याम्प अन्वेषण
हिमालहरूको मनमोहक दृश्यावलोकन तथा आसपासको क्षेत्र भ्रमण।
बाह्रौँ दिन: मकालु बेस क्याम्प → याङ्ग्ले खर्का (करिब ७ घण्टा)
फर्किने यात्रा प्रारम्भ।
तेह्रौँ दिन: याङ्ग्ले खर्का → दोबाटो (करिब ६–७ घण्टा)
चौधौँ दिन: दोबाटो → खोंग्मा डाँडा (करिब ६–७ घण्टा)
पन्ध्रौँ दिन: खोंग्मा डाँडा → सेदुवा
वन क्षेत्र र स्थानीय बस्ती हुँदै ओरालो यात्रा।
सोह्रौँ दिन: सेदुवा → तुम्लिङटार
सत्रौँ दिन: तुम्लिङटार → काठमाडौं

किन रोज्ने मकालु बेस क्याम्प ट्रेक?
नेपालको सबैभन्दा कम भीडभाड हुने पदयात्रा मार्गमध्ये एक
दुर्लभ वनस्पति तथा वन्यजन्तुको अवलोकन गर्ने अवसर
स्थानीय राई, शेर्पा तथा अन्य समुदायको संस्कृति र जीवनशैली नजिकबाट बुझ्ने मौका । मकालु, बरुण उपत्यका र वरपरका हिमशृंखलाको अविस्मरणीय दृश्य । शान्त, प्राकृतिक र साहसिक अनुभवको अनुपम संयोजन।
नोट: यो ट्रेक चुनौतीपूर्ण भएकाले राम्रो शारीरिक तयारी, अनुभवी गाइड, आवश्यक अनुमति पत्र तथा पर्याप्त समय व्यवस्थापन आवश्यक हुन्छ।
पैदल यात्रा प्रधानमन्त्री वालेन शाह मकालु


