काठमाडौं । आज लगातार दोस्रो दिन १२.१० अंकले बढेर नेप्से परिसूचक १९१८.१० बिन्दुमा पुगेको छ। सोमबार बढेर बन्द भएको सेयरको कारोबार रकममा पनि हिजोभन्दा सुधार भएको छ।
आज १ अर्ब ४४ करोड ३७ लाख रुयैयाँ कारोबार भएको छ । सोमबार १ अर्ब ३८ करोडको शेयर कारोबार भएको थियो। मंगलबार ४० लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएका छन्।
मंगलबार तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सुपरमाई हाइड्रोपावर, श्रृजनशील लघुवित्त वित्तीय संस्था र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा यस दिन आइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको आज ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।