Logo
८ वैशाख २०८१, शनिबार

बुद्ध थिएटर फेस्टिवल : आज ‘पश्चाताप’ र ‘अम्रपाली’

अक्षरपाटी
२०७९ चैत्र १६ , बिहीबार १०:०३ मा प्रकाशित

काठमाडौं । काठमाडौंको जमल स्थित नाचघरमा चैत १३ देखि सुरु भएको तेस्रो संस्करणको ‘बुद्ध थिएटर फेस्टिवल–२०२३’ जारी छ।

महोत्सवमा आज बिहीबार नाटक ‘पश्चाताप’ मञ्चन गरिने भएको छ । नाटकलाई वर्षा भण्डारी निर्देशित गर्दैछिन् । बिहीबार नै सस्मिल मगर निर्देशित ‘अम्रपाली’ पनि मञ्चन हुँदैछ।

महोत्सवको समापनमा शुक्रबार हुँदैछ । महोत्सबमा शुक्रबार वीरेन्द्र हमाल निर्देशित ‘चक्षु’ मञ्चन गरिनेछ । यो पनि बुद्धको उपदेशमा आधारित नाटक रहेको निर्देशक हमालले बताएका छन् । महोत्सब १७ चैत शुक्रबारसम्म चल्नेछ ।

६२औं विश्व रंगमञ्च दिवसको अबसर पारेर यो महोत्सब सुरु भएको हो।

गौतम बुद्धको जीवनी र दर्शनलाई रंगमञ्चमार्फत प्रस्तुत गर्न र बुद्धका सन्देश विश्वभर फैल्याउन यो महोत्सब आयोजना गरिएको आयोजक संस्था सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले बताएका छन्। महोत्सबमा यसपटक ७ वटा नाटक चयन भएका थिए।

बुद्ध थिएटर फेस्टिबलमा बुधबार दुई वटा नाटक मञ्चन भए। जसमा निकिता गुरुङ निर्देशित नाटक ‘प्रतिविम्ब’ नाटक मञ्चन गरियो। यस्तै महोत्सबमा गीता थापा निर्देशित नाटक ‘पट्टाचारा’ मञ्चन गरियो।

महोत्सबको दोस्रो मंगलबार प्रशान्त बगाले निर्देशनमा ‘थ्री लाफिङ मंक्स’ मञ्चन भएको थियो।

पहिलो दिन मेघा हलमा भएको यो महोत्सब दोश्रो दिनबाट चौथो दिनसम्म सानो हलमा भइरहेको छ।

महोत्सबमा पहिलो दिन नाटक ‘चण्डालिका’ मञ्चन भएको थियो । रबिन्द्रनाग टेगोरको कथामा आधारित यो नाटकलाई मायाँ थापाले निर्देशन गरेकी थिइन्।

बुधबार प्रदर्शन गरिएको गीता घिमिरे थापा निर्देशित नाटक पट्टचारामा आफ्नै नोकरको मायाँप्रेममा परेकी एक सुन्दरी कन्याको प्रेम सँघर्ष र बुद्धलाई भेटेपछि ती युवतीमा आएको परिवर्चतको कथा प्रस्तुत गरिएको थियो।

यो नाटकमा बीरेन्द्र हमालको लाईट डिजाईन। निर्देशक गीताको सेट डिजाईन। राजेन्द्र कट्टेल र रोशन चन्दको प्रकाश परिचालन। अर्जुन न्यौपानेको ध्वानी परिचालन थियो ।
नाटक पट्टचारामा निशान खत्री क्षत्री, अञ्जली शाह, रमेश देवकोटा, रेखा कटुवाल श्रेष्ठ, सुशिल दाहाल, खगेन्द्र बोहरा, पर्वती गिरी, मनिष चौलागाई, बीरेन्द्र बुढामगर, प्रदीप राई, बीमला सापकोटा, श्रीकृष्ण शाहीलगायतको अभिनय थियो।

बुधबार मञ्चन गरिएको अर्को नाटक नाटक ‘प्रतिविम्ब’मा बाउ छोराबीचको प्रेम देखाईएको थियो । छोरा गुम्बा बसेपछि उसमा आएको परिवर्तनको कथा यसमा थियो।

नाटकमा टेक बिक्रम थापा, अनिषा न्यौपाने, रमेश बहादुर खडका, मनिष चौलागाई, नरहरि पराजुली, सलिना क्षत्री, शुशिला थापा, पार्वती गिरी, चन्द्रकुमार सरु मगरले अभिनय गरेका थिए।

निशान क्षत्रीले सेट डिजाईन गरेको यो नाटकमा राजेन्द्र कट्टेल र रोशन चन्दको प्रकाश परिचालन, अरुण न्यौपानेको ध्वानी परिचालन, अनिषा न्यौपाने र नरहरि पराजुलीको भेषभुषा थियो।

 

बुद्ध थिएटर फेस्टिवल