Logo
१३ वैशाख २०८१, बिहीबार

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपतिद्वारा जानकारी, सम्भवतः आजै डिस्चार्ज हुने

अक्षरपाटी
२०७९ चैत्र २० , सोमबार १०:०४ मा प्रकाशित

काठमाडौं। पेट दुख्ने समस्याका कारण अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उपराष्ट्रपति रामसहाय प्रसाद यादव त्रिविवि शिक्षण अस्पताल पुगेका छन्।

राष्ट्रपति पौडेल स्वास्थ्यमा समस्या देखिएपछि शनिबार त्रिविवि शिक्षण अस्पताल भर्ना भएका हुन्। चिकित्सकको निगरानीमा रहेका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र सम्भवतः आजै डिस्चार्ज गरिने राष्ट्रपति निकट स्रोतले बताएको छ।

भेटका क्रममा उपराष्ट्रपति यादवले राष्ट्रपतिको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।

यसअघि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खडकालगायतले अस्पताल पुगेर राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

राष्ट्रपति