




काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।
खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। यसपछि साँझ ४ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।
कर्णालीले हालसम्म खेलेका तीन खेलमध्ये दुईमा जित निकाल्दै अंक तालिकामा तेस्रो स्थानमा छ।
सुदूरपश्चिमले भने चितवनविरुद्धको पछिल्लो खेलमा पाँच विकेटको जित निकालेको थियो।
यता पोखरा एभेन्जर्सले लगातार हार व्यहोरेको छ। चितवन र पोखराबीचको दोस्रो खेलले पनि अंक तालिकामा दुवै टोलीका लागि महत्वपूर्ण प्रभाव पार्नेछ।
एनपीएलको जारी सिजनमा आजको पहिलो खेल १६औँ र दोस्रो खेल १७औँ खेल हो।
एनपीएल

