Logo
२० कात्तिक २०८३, शुक्रबार

त्रिभुवन विमानस्थलमा अब यात्रुले ब्यागेजको अवस्था लाइभ हेर्न पाउने

अक्षरपाटी
२०८३ कात्तिक २० , शुक्रबार ०९:११ मा प्रकाशित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले आफ्नो ब्यागेजको अवस्था प्रत्यक्ष हेर्न सक्ने व्यवस्था सुरु गरिएको छ।

विमानबाट झारिएको सामान ब्यागेज बेल्टसम्म आइपुग्ने प्रक्रियाको लाइभ फिड अब आगमन कक्षको ब्यागेज क्लेम क्षेत्रमा देखाइने भएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को पहलमा सुरु गरिएको यो व्यवस्थाले विदेशबाट नेपाल आउने यात्रुलाई आफ्नो सामान कहिले बेल्टमा आइपुग्छ भन्ने जानकारी लिन सहज हुनेछ।

यसबाट यात्रुले ब्यागेजको प्रतीक्षा समयको समेत अनुमान गर्न सक्नेछन्।

यसअघि विमानबाट सामान झारेपछि ब्यागेज बेल्टसम्म आइपुग्ने अवस्थाबारे यात्रुले प्रत्यक्ष जानकारी पाउने व्यवस्था थिएन।

नयाँ व्यवस्थाले यात्रुको अन्योल र प्रतीक्षालाई सहज बनाउने अपेक्षा गरिएको छ।

विमानस्थलको सेवा सुधार, प्रविधिको प्रयोग र यात्रुको सुविधा बढाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको जनाइएको छ।

त्रिभुवन विमानस्थल