Logo
२४ साउन २०८३, आईतबार

अर्थमन्त्रीले बनाए आर्थिक सल्लाहकारको विज्ञ समूह

अक्षरपाटी
२०८० वैशाख ७ , बिहीबार ०४:०४ मा प्रकाशित

काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले प्रमुख आर्थिक सल्लाहकारमा विज्ञहरुको समूह नै बनाएका छन्।

देशको आर्थिक स्थिति समस्याग्रस्त हुँदै गएका बेला अर्थमन्त्री महतले प्रमुख आर्थिक सल्लाहकारका रुपमा तीन जनालाई नियुक्त गरेका हुन्।

अर्थमन्त्री महतले विश्वनाथ पौडेल, डाक्टर पोषराज पाण्डे र डाक्टर गुणाकर भट्टलाई प्रमुख आर्थिक सल्लाहकारको समूहमा नियुक्त गरेका छन्। डा पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्।

उनी मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार थिए ।

पाण्डे अन्तर्राष्ट्रिय व्यापार मामिलाका विज्ञ हुन्।

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख भएर काम गरिसकेका भट्ट अहिले बैंक तथा वित्तीय संस्था नियमन विभागमा कार्यरत छन्। भट्ट राष्ट्र बैंकको प्रवक्ताको भूमिका समेत निर्वाह गरिरहेका छन्।

अर्थमा पौडेल र पाण्डे अवैतनिक रुपमा अर्थमा खटिने छन्। राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टलाई काजमा अर्थमन्त्रालय तान्न लागिएको हो।