Logo
२४ साउन २०८३, आईतबार

परराष्ट्रमन्त्री साउदलाई बेलायती राजदूतको बधाइ

अक्षरपाटी
२०८० वैशाख ७ , बिहीबार ०४:०४ मा प्रकाशित

काठमाडौं। नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद र बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ।

नवनियुक्त परराष्ट्रमन्त्री साउदलाई बधाइ तथा शुभकामना दिन राजदूत पोलिट मन्त्रालय पुगेकी थिइन्।

भेटवार्ताका क्रममा उनले मन्त्री साउदलाई शुभकाना बधाइ दिनुका साथै दुई देशबीचको सम्बन्धबारे चर्चा गरेको सचिवालयले जनाएको छ।