Logo
८ वैशाख २०८१, शनिबार

विमानमै एक यात्रुले अर्को यात्रुमाथि पिसाब गरेपछि…

अक्षरपाटी
२०८० वैशाख ११ , सोमबार ११:०४ मा प्रकाशित

एजेन्सी। विमानमा सवार यात्रुले मादक पदार्थ सेवन गरेर अर्को यात्रुमाथि पिसाब गरेको घटना सार्वजनिक भएको छ।

न्यूयोर्कबाट आइतबार नयाँ दिल्लीका लागि उडेको अमेरिकन एयरलाइन्सको विमानमा सवार एक यात्रुले एक अर्का यात्रुमाथि पिसाब गरेका थिए।

आरोपी यात्रुलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। एयरलाइन्सले उक्त घटनाको जानकारी प्रशासनलाई दिएपछि सिविल एविएसन एक्ट अनुसार कानुनी कारबाही सुरु भएको हो।

आरोपी यात्रुलाई पुलिसको नियन्त्रमा राखिएको छ।

विवादपछि पिसाब
अमेरिकन एयरलाइन्सको फ्लाइट नम्बर एए२९२ मा यो घटना भएको थियो। केन्द्रीय औद्योगिक सुरक्षा बलले आइतबार राति करिब नौ बजे दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेवित्तिकै आरोपी यात्रुलाई पक्राउ गरिएको थियो।

आरोपी भारतीय नागरिक मादक पदार्थको नशामा थिए। उनले सहयात्रीसँग वादविवादका क्रममा शरिरमा पिसाब गरिदिएका थिए।

यसअघि पनि २०२२ को २६ नोभेम्बरमा न्यूयोर्कबाट दिल्लीका लागि उडेको एयर इन्डियाको विमानमा पनि मादक पदार्थको नसामा धुत भएका एक यात्रीले वृद्ध महिलामाथि पिसाब गरेका थिए। उनको नाम शंकर मिश्रा थियो।

त्यस्तै ६ डिसम्बर २०२२ मा पनि पेरिसबाट दिल्ली आइरहेको एयर इन्डियाको उडानमा यस्तै घटना भएको थियो। नशामा चुर भएका एक यात्रीले महिला यात्रीको कम्बलमा पिसाब गरेका थिए। उनले लिखित रुपमा माफी मागेका थिए।

४ मार्चमा २०२३ मा पनि न्यूयोर्कबाट दिल्ली आइरहेको अमेरिकन एयरलाइन्सको विमानमा एक विद्यार्थीले नशामा विमानको सिटमै पिसाब गरेका थिए। जसका कारण सँगै बसेका यात्रु पिसाबले भिजेका थिए।

https://www.aajtak.in/india/news/story/urinating-in-american-airlines-peegate-newyork-delhi-flight-dgca-drunk-person-peed-on-flight-ntc-1681496-2023-04-24